साहित्य

चित्र, चरित्र र चित्रणः समाजको दर्पण

चित्र, चरित्र र चित्रणः समाजको दर्पण

@ श्रद्धा अधिकारी मानिसको पहिचान मूलतः दुई तहमा विभाजित हुन्छ। एउटा उसको बाहिरी आवरण अर्थात् चित्र र अर्को उसको भित्री गुण अर्थात् चरित्र। ‘चित्र’ भन्नाले मानिसको भौतिक रूप, अनुहारको आकृति, पहिरनको शैली, बोलीचालीको ढाँचा, र बाहिरी आकर्षणलाई बुझिन्छ । यो ती सबै पक्षहरूको समष्टि हो जुन हामीले प्रत्यक्ष रूपमा देख्न, छुन र अनुभव गर्न सक्छौं । ‘चरित्र’ भन्नाले भने मानिसको आन्तरिक स्वभाव, आचरण, नैतिक मूल्य, विचार, संवेदना, र मानवीय गुणहरूलाई बुझिन्छ । नेपाली समाज र साहित्यमा चित्र र चरित्रबीचको सम्बन्धलाई धेरै प्रकारले व्याख्या गरिएको छ। एउटा प्रचलित उखान छः “चित्र होइन, चरित्र हेर्नु, व्यक्ति होइन, व्यक्तित्व हेर्नु ।” यस उखानले…
Read More
जनमुखीका धरोहर ‘रुदाने’ का रोचक २१ प्रसंग

जनमुखीका धरोहर ‘रुदाने’ का रोचक २१ प्रसंग

यादव जंग रायमाझी/थाहा नगरपालिका मकवानपुर मकवानपुर । विक्रम सम्बत १९९० सालको पुस २६ गतेका दिन आमा चित्रकुमारीको कोखबाट हालको थाहा नगरपालिका ३ घर्र्तिखोलामा रुपचन्द्र बिष्टको जन्म भएको थियो । सम्पन्न बर्गका पिता पदमबहादुर बिष्टको घरमा जन्मिएर पनि रुपचन्द्र बिष्ट सानै उमेरदेखि बिद्रोही र न्यायप्रेमी थिए । त्यसैले उनी कलिलै उमेरमा कम्युनिष्ट विद्यार्थी राजनीतिमा जोडिन पुगे । २००७ सालदेखि २०१० सालसम्म सक्रिय विद्यार्थी राजनीतिमा रहेका रुपचन्द्र बिष्ट २०१७ सालको राजनैतिक परिवर्तन पछि २०२२ र २०२९ सालमा मकवानपुरको पालुङ गाउँ पञ्चायतबाट प्रधानपञ्चमा निर्वाचित भए । बि.ए, बि.एल. सम्मको अध्ययन गरेका रुपचन्द्र बिष्ट २०२८ मा स्नातक कोटामा राष्ट्रिय पञ्चायतको सदस्य समेत रहेका थिए…
Read More
सम्पादक न्यौपाने पुरस्कृत

सम्पादक न्यौपाने पुरस्कृत

मकवानपुर । मातृभूमि साहित्य समाज मकवानपुरले केशबलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार २०८० हेटौंडा सन्देश दैनिकका सम्पादक माधवप्रसाद न्यौपानेलाई प्रदान गरेको छ । न्यौपानेलाई दश हजार राशिसहित शनिबार एक कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिएको हो । उक्त पुरस्कार समाजसेवी ईश्वर मैनालीद्वारा आफ्ना बुबाको स्मृतिमा स्थापित भएको हो । समाज र महालक्ष्मी विकास बैंकद्वारा संयुक्तरुपमा प्रदान गरिने महालक्ष्मी साहित्य पुरस्कार–२०८० मकवानपुरकी महाकाव्यकार मुना अर्याललाई प्रदान गरिएको छ । अर्याललाई ५१ हजार राशिसहित सम्मानपत्रले सम्मान गरिएको हो । समाज अध्यक्ष कृष्णप्रसाद दाहालको सभाध्यक्षता तथा वागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । अर्याललाई मन्त्री लामिछाने र…
Read More
कवि यश लामाको कविता कृति ‘बहिष्कृत आवाज’ सार्वजनिक

कवि यश लामाको कविता कृति ‘बहिष्कृत आवाज’ सार्वजनिक

मकवानपुर । चर्चित साहित्यकार यश लामाको पहिलो कविता कृति ‘बहिष्कृत आवाज’ सार्वजनिक भएको छ । शनिबार हेटौँडामा भएको साहित्यिक कार्यक्रममा डा. रामजी राम, साहित्यकार निमेष निखिल, मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी नेपाली, कवि लामा र उनकी छोरीले कवितासंग्रह सार्वजनिक गरेका हुन् । लामो समयदेखि मकवानपुरलाई कर्म क्षेत्र बनाउँदै आएका कवि लामा, बाराको निजगढ नगरपालिका– ७ का स्थायीवासी हुन् । लामाले करिब १० वर्षको अवधिमा लेखेका ४५ वटा कवितालाई ‘बहिष्कृत आवाज’ मा समावेश गरिएको छ। कवितासंग्रहमा सामाजिक रूपमा पछाडि परेका र समाजबाट बहिष्कृत भएका वर्गको आवाज कवितामार्फत प्रस्तुत गर्ने प्रयास गरिएको लेखक लामाले बताए। सांग्रिला बुक्सद्वारा प्रकाशित कवितासंग्रहमाथि मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी…
Read More
साहित्यकारअर्याललाई महालक्ष्मी साहित्य पुरस्कार २०८० प्रदान गरिने

साहित्यकारअर्याललाई महालक्ष्मी साहित्य पुरस्कार २०८० प्रदान गरिने

मकवानपुर । महालक्ष्मी साहित्य पुरस्कार, २०८० बाट मकवानपुरे महाकाव्यकार मुना अर्याल पुरस्कृत हुनुहुने भएको छ । असोज ५ गते शनिबार विशेष कार्यक्रमका बिच अर्याललाई नगद ५१ हजार रुपैयाँसहित एक्काइसौँ महालक्ष्मी साहित्य पुरस्कार प्रदान गर्न लागिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । महालक्ष्मी विकास बैंक लिमिटेडसँगको सहकार्यमा मातृभूमि साहित्य समाज मकवानपुरले पुरस्कार प्रदान गर्दै आएको छ । मातृभूमिले यो पुरस्कार हालसम्म २० जनालाई प्रदान गरिसकेको छ । यस्तै, मकवानपुर श्री सम्मान मकवानपुरका अग्रज शिक्षासेवी बद्रिनाथ शर्मा अर्याललाई प्रदान गर्ने निर्णय भएको मातृभूमि साहित्य समाजका अध्यक्ष कृष्णप्रसाद दाहालले जानकारी दिनुभयो । यसैगरी केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार २०८० हेटौंडा शन्देश…
Read More
मकवानपुरमा महाविर पुनको ८ हजार पुस्तक बिक्री

मकवानपुरमा महाविर पुनको ८ हजार पुस्तक बिक्री

मकवानपुर । बिरगंज कृषि औजार कारखाना संचालन गर्ने उदेश्यले महाविर पुनद्वारा लिखित आत्माकथा पुस्तक मकवानपुर जिल्लामा करीब ८ हजार थान बिक्री भएको अनुमान गरिएको छ । नेपालका आविष्कारक महाविर पुनले सामान्य भेषमा आफू स्वयं उपस्थित भै पुस्तक बिक्री गर्दा आफ्नो अभियानमा सबै जिल्लावासीहरुले किताब खरिद गरि साथ दिएको बताए । वि.सं. २०८१ साउन २६ गते मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा किताब बिक्रि गर्न शुरु गरेका पुन भदौ १ गते हेटौंडाको बुद्ध चोकमा पुस्तक बिक्री गर्न आइपुगेका हुन् । पुस्तक बिक्री गर्ने क्रममा पुन र उनको टोली बकैया, बागमती, भिमफेदी लगायत हेटौंडाका केही स्कुल, कलेज, संघ–संस्थामा पुगेका थिए । उक्त स्थानहरुमा पुस्तक…
Read More
‘लन्डन अनप्लग्ड’ पुस्तकको समिक्षा हेटौंडामा

‘लन्डन अनप्लग्ड’ पुस्तकको समिक्षा हेटौंडामा

मकवानपुर । गोपी सापकोटाद्वारा लिखित गैर–आख्यान पुस्तक ‘लन्डन अनप्लग्ड’को समिक्षा हेटौंडामा गरिएको छ । रेडियोकर्मी आशिष दुलालले पुस्तकबारे पाठकिय टिप्पणी गरेका थिए भने पुस्तकको समिक्षा साहित्यकार शान्तिप्रिय बन्दनाले गरेकी थिइन् । लेखक सापकोटाले समिक्षक दुलाल र बन्दनालाइ धन्यवाद ज्ञापन गर्दै गैरआख्यान सन्सारमै कान्छो साहित्य विधा भएको बताईन् । आफुले नेपाल र लन्डनबिचको भोगाइलाई किताबमा उतार्न खोजेको र पुस्तकमा कहिँ पनि आफुलाइ महान बनाउनतिर नलागेको बताईन् । सापकोटाले आयोजक किताब घरलाई पनि समिक्षात्मक कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिए । साहित्य सङ्गम मकवानपुरको भवन हेटौंडामा भएको कार्यक्रममा किताबका प्रकाशक तथा कलम साहित्यका नरेन्द्र कुमार नगरकोटी, किताब घरका संचालक सुभाष खनाल , साहित्य…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.