२०८३ श्रावण २४, आईतवार १४:२६
२०८३ श्रावण २४, आईतवार १४:२६
हेटौँडा, साउन २४ । मकवानपुरको प्रमुख पर्यटकीय स्थल सहिद स्मारकमा करिब ३ करोड रुपैयाँको लागतमा निर्माण गरिएको 'जातीय सङ्ग्रहालय'को औपचारिक उद्घाटन गरिएको छ । ३२ औँ विश्व आदिवासी दिवसको विशेष अवसर पारेर बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले एक भव्य समारोहका बीच उक्त सङ्ग्रहालयको समुद्घाट्न गर्नुभएको हो । मकवानपुरमा रहेका विभिन्न जातजातिको पहिचान, संस्कृति र रहनसहनलाई जीवन्त राख्ने उद्देश्यका साथ यो सङ्ग्रहालय सञ्चालनमा ल्याइएको हो । नेपाल आदिवासी जनजाति महासङ्घ मकवानपुरका जिल्ला अध्यक्ष जङ्गबहादुर गुरुङको सभाध्यक्षतामा सम्पन्न उक्त ऐतिहासिक कार्यक्रममा जिल्लाका विभिन्न जातजातिहरू आफ्नो परम्परागत भेषभुषा, मौलिक झाँकी र बाजागाजासहित उपस्थित भएका थिए । पहिचान र संस्कृतिको संरक्षणमा इँटा थप्ने…