विचार

संसदिय गणितले ठगेकाे नेकपा एमाले

संसदिय गणितले ठगेकाे नेकपा एमाले

नेपालको लोकतान्त्रिक यात्रामा जनमत र जनअपेक्षाबीचको सम्बन्ध सधैं सरल र सीधा रहन सकेको छैन। निर्वाचनमा दलहरूले पाउने बहुमत केवल सत्ताको अधिकार होइन। त्यो जिम्मेवारीको गहिरो भार पनि हो। तर आजको राजनीतिक बहसमा एउटा रोचक र गम्भीर विरोधाभास देखिन्छ। एमालेले पर्याप्त काम गरेन भन्ने व्यापक जनगुनासो छ। तर जनताले नै कहिल्यै उसलाई एकल बहुमत दिएका छैनन्। यस्तो अवस्थामा “काम गरेन” भन्ने आरोपको नैतिक आधार कति बलियो छ भन्ने प्रश्न उठ्नु स्वाभाविक हुन्छ। नेपालमा संसदीय इतिहास हेर्दा, स्पष्ट बहुमत प्राप्त गर्ने अवसर केही दलहरूले पाएका छन्। नेपाली कांग्रेसले दुई पटक एकल बहुमतको सरकार बनाएको इतिहास छ भने माओवादी केन्द्रले पनि संविधानसभाको पहिलो…
Read More
चुरियामाईकाे सुरूङ्गमा गाडि कुदाउछु भन्नू र, पुरानाे प्रविधिमा हेटाैँडा कपडा उधाेग चलाउछु भन्नू एउटै हाे ।

चुरियामाईकाे सुरूङ्गमा गाडि कुदाउछु भन्नू र, पुरानाे प्रविधिमा हेटाैँडा कपडा उधाेग चलाउछु भन्नू एउटै हाे ।

एसियाकाे सबैभन्दा पुरानाे चुरियामाईकाे सुरूङ्ग मार्गकाे प्रदेश र स्थानीय सरकारकाे समन्वय र लगानीमा सरसफाई र मर्मत सम्भार गरियाे । ऐतिहासिक पर्यटकीय स्थलकाे रूपमा त्यस क्षेत्रकाे विकासमा अब सुरूङ्ग मार्गले याेगदान गर्नेछ । यातायात/परिवहन सञ्चालनकाे लागि सुरूङ्ग मार्ग प्रयाेग गर्न सकिँदैन । तर, आजकाे आवश्यकता अध्याधुनिक नागढुङ्गा-सिस्नेखाेला सुरूङ्ग मार्ग हाे । जहाँ यातायात/परिवहन सुरक्षित र सहज रूपमा सञ्चालन हुन्छ । अब प्रसंग, बन्द हेटाैँडा कपडा उधाेगकाे । उधाेगकाे थाेरै भाग सरसफाई गरि पुरानाे प्रविधिकाे उत्पादन परिक्षण गर्नु भनेकाे चुरियामाईकाे सुरूङ्ग मार्ग मर्मत सम्भार गरे जस्तै हाे । उत्पादन शुरू भयाे भनेर हाेहल्ला पिटाउन सकिन्छ तर आजकाे परिवर्तित बजारमा न बजार माग…
Read More
“बालेन सरकारका चार महिना” आशा कि ? निराशा ?

“बालेन सरकारका चार महिना” आशा कि ? निराशा ?

"३५ वर्षको शासन सत्ताले मुलुकलाई दोहन र बर्बाद मात्रै गर्‍यो भन्ने जनरोषको तरङ्गमाथि सवार भई, नेपाली राजनीतिमा एउटा युगान्तकारी रूपान्तरण र नवीन आशाको भ्रमपूर्ण सन्देश छर्दै बालेन्द्र (बालेन) शाहको नेतृत्वमा सरकार गठन भएको आज चार महिना व्यतीत भएको छ। ​सुरुवाती दिनमा सरकारले अघि सारेको "सय दिनका १०० सुधार" को महत्त्वाकांक्षी प्रतिबद्धताले निराशाले गाँजेका आम जनतामा एउटा नयाँ तरङ्ग, उत्साह र भरोसा सञ्चार गरेको थियो। तर, समयको गतिसँगै चार महिना नपुग्दै यो सरकार आफ्ना अपरिपक्व कार्यशैली, नीतिगत विचलन, व्यक्तिगत आग्रह-पूर्वाग्रह र उग्र प्रवृत्तिका कारण तीव्र आलोचनाको घेरामा पार्न थालेको छ। नयाँ नेतृत्वले सुशासन र समृद्धिको नयाँ मानक स्थापित गर्ला भन्ने जनअपेक्षा…
Read More
श्रम र उद्यमको संगम: कमानेमा सुजनको ‘बिन्दावासिनी मिट सप’, युवाहरूलाई स्वदेशमै व्यवसाय गर्न प्रेरणा

श्रम र उद्यमको संगम: कमानेमा सुजनको ‘बिन्दावासिनी मिट सप’, युवाहरूलाई स्वदेशमै व्यवसाय गर्न प्रेरणा

हेटौंडा, २९ असार । रोजगारीको खोजीमा दैनिक हजारौँ युवाहरू मरुभूमिको तातो रापमा पसिना बगाउन विदेशिरहेका बेला हेटौंडाका एक युवाले भने स्वदेशमै पसिना बगाएर उदाहरणीय काम गरेका छन्। हेटौंडा–८, कमानेका सुजन कार्कीले आफ्नै ठाउँमा ‘बिन्दावासिनी मिट सप’ सञ्चालनमा ल्याएर आर्थिक आत्मनिर्भरताको बाटो रोजेका हुन्। युवाहरूका लागि विदेश मात्र विकल्प होइन भन्ने बलियो उदाहरण प्रस्तुत गर्दै सुजनले सुरु गरेको यो व्यवसाय यतिबेला स्थानीय क्षेत्रमा श्रम र उद्यमशीलताको एउटा प्रेरणादायी सन्देश बनेको छ। ​ स्थानीय उपभोक्ताको स्वास्थ्य र मागलाई ध्यानमा राख्दै यो मिट सपले ताजा तथा पोषिलो अण्डा र गुणस्तरीय कुखुराको मासु बजार भाउभन्दा उचित मूल्यमा उपलब्ध गराउँदै आएको छ। घरायसी प्रयोजनका लागि…
Read More
बन्द उद्योग सञ्चालन गरी रोजगारी सृजना गर्न पत्रकार महासंघ बागमती प्रदेशको माग

बन्द उद्योग सञ्चालन गरी रोजगारी सृजना गर्न पत्रकार महासंघ बागमती प्रदेशको माग

मकवानपुर । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले बन्द रहेको हेटौँडा कपडा उद्योग र रुग्ण रहेको हेटौडा सिमेन्ट कारखानालगायत बागमती प्रदेशभित्र रहेका उद्योगधन्दा, कलकाराखानाहरू सञ्चालन गरी रोजगारीको अवसर सृजना गर्न माग गरेको छ । हेटौँडामा जेठ २२ गते शुक्रबारदेखि २४ गते आइतबारसम्म सञ्चालन भएको मिडिया सम्मेलन तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका पाँचौ साधारण सभासम्पन्न भएपछि जारी हेटौंडा घोषणा पत्रमा बागमती प्रदेशभित्र रहेका उद्योगधन्दा, कलकाराखानाहरू सञ्चालन गरी रोजगारीको अवसर सृजना गर्न माग गरेको हो । आईतबार सम्पन्न बागमती प्रदेशको मिडिया सम्मेलन तथा पाँचौ साधारण सभाले जारी गरेका १२ बुँदे हेटौँडा घोषणपत्र जारी गरेको थियो । घोषणापत्रमा उद्योगधन्दा, कलकाराखानाहरू सञ्चालन गरी…
Read More

लघु उद्यमबाट सफल भएको बिमलाको जीवन यात्रा

सिन्धुली । बिमला थापा लघु उद्यम क्षेत्रमा सिन्धुलीमा चिनिएको नाम हो । १२ वर्ष अघि मेडेपले गृहिणी महिलालाई टिका बनाउने तालिम दिन थालेको थाहा पाएकी कमला माई नगरपनलिका वडा नम्बर ५ मधुटारकी बिमला थापा उक्त तालिममा सहभागि भईन । श्रीमान् विदेशमा भएका बेला छोराछोरीलाई सासुको जिम्मा लगाएर दिउँसोको समयमा व्यवसायीक क्षमता विकास तालिम लिएकी थापालाई तालिमले आँटिलो बनायो । उनले लघु उद्यममा कम लगानी र धेरै आम्दानीको सम्भावना देखिन् । श्रीमान््ले पठाएको पैसाले घर चलाउन धौ धौ भएको बेला उनले पाएको तालिमको सदुपयोग गरि आयमा जोडिने निधो गरिन र श्रीमान् विदेशमै भएका बेलामै व्यवसाय सुरु गरिन । टिका बनाउने सिप…
Read More

बाख्रासंगै रमाउछन् आचार्य

रसुवाको कालिका गाउँपालिका–३, कटुन्जे निवासी रुद्र प्रसाद आचार्यको खोरमा अहिले बाख्राहरू रमाइरहेका छन् । बारीमा हरिया तरकारी लहलहाई रहेका छन्। यी दृश्यले एउटा स्पष्ट संकेत गर्छ—उहाँ आत्मनिर्भर उद्यमशील किसानका रुपमा स्थापित भइसकेका छन्। एक दशकअघि रोजगारीका लागि खाडी मुलुक पुगेका आचार्यले ठूलो आम्दानीको सपना देखेका थिए। तर, वर्षौंको मेहनतपछि पनि आर्थिक रूपमा उल्लेखनीय उन्नति हुन सकेन। अन्ततः, उनले विदेशभन्दा आफ्नै माटोमा केही गर्नुपर्छ भन्ने निष्कर्ष निकाले। पाँच वर्षअघि गाउँ फर्किएपछि उनले बाख्रापालन र तरकारी खेतीलाई रोजे। सुरुमा चुनौतीहरूसँग जुध्नुप¥यो, तर धैर्य र लगनशीलताले सफलताको ढोका खोल्यो। अहिले उनी एक दर्जनभन्दा बढी बाख्रा पाल्छन् र विभिन्न प्रकारका तरकारी उत्पादन गर्छन्। आचार्यको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.