२०८३ श्रावण २६, मंगलवार २१:१२
२०८३ श्रावण २६, मंगलवार २१:१२
हेटौंडा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ स्थित फायरलाइन सामुदायिक वनमा फेला परेको एक अज्ञात महिलाको शव अझै पहिचान हुन सकेको छैन । घटनाको केही समय बितिसक्दा पनि मृतकको सनाखत हुन नसकेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुसन्धानलाई तीव्र पार्दै विशेषज्ञद्वारा तयार पारिएको मृतकको काल्पनिक अनुहार (स्केच) सार्वजनिक गरेको छ । दिउँसो करिब १:५० बजे फेला परेको उक्त शव कसको हो भन्ने पत्ता लगाउन र घटनाको रहस्य सुल्झाउन प्रहरीले सर्वसाधारण र आफन्तजनसँग सहयोगको याचना गरेको हो । प्रहरीका अनुसार अन्दाजी ३० देखि ३२ वर्ष उमेर समूहकी देखिने ती महिलाको हुलिया र पहिरन निकै विशिष्ट रहेको छ । करिब ५…