२०८३ असार ३२, बिहीबार १९:५२
२०८३ असार ३२, बिहीबार १९:५२
हेटौंडा – केन्द्रमा बदलिएको राजनीतिक समीकरणसँगै बागमती प्रदेश सरकारको भविष्य पनि संकटमा परेको छ । नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता साझेदारी टुट्ने निश्चित भएसँगै प्रदेशमा नयाँ सरकार गठनका लागि जोडघटाउ सुरु भएको हो । हाल नेतृत्व गरिरहेको कांग्रेस आफ्नो सरकार टिकाउने दाउमा छ भने एमाले कम्युनिष्ट घटकहरूलाई समेटेर नयाँ गठबन्धन बनाउने रणनीतिमा लागेको छ । दुवै ठूला दलले सरकार गठनको निर्णायक चाबी बोकेको २६ सिटसहितको नेकपालाई फकाउन बिहीबारदेखि अनौपचारिक छलफल तीव्र पारेका छन् । कम्युनिष्ट कार्ड खेल्दै एमाले, सत्ता जोगाउन कांग्रेसको कसरत गठबन्धन भत्किएसँगै एमालेले नेकपालाई 'वाम गठबन्धन'को प्रस्ताव गर्दै नयाँ सरकारको गृहकार्य थालेको छ । पूर्वसहमति अनुसार सरकारको…