२०८३ श्रावण १९, मंगलवार १७:००
२०८३ श्रावण १९, मंगलवार १७:००
बागमती प्रदेशमा देखिएको राजनीतिक तरलता र सत्ता समीकरण जोगाउने पेचिलो कसरतका बीच मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रिपरिषद् पुनर्गठन गर्दै आफ्नो सरकारलाई थप मजबुत बनाउने रणनीति अख्तियार गरेका छन्। सत्ता साझेदार परिवर्तन र अन्योलताकै बीच मुख्यमन्त्री बानियाँले भौतिक पूर्वाधार विकास मन्त्री बिनु रायमाझी पौडेलको राजीनामा स्वीकृत गर्दै साना दललाई सरकारमा समेटेर सत्ता समीकरण जोगाउने प्रयासलाई तीव्रता दिएका हुन्। भौतिक पूर्वाधार विकास मन्त्री पौडेलले मंगलबार नेपालको संविधानको धारा १६९ को उपधारा २ को खण्ड (क) बमोजिम पदबाट राजीनामा दिएपछि खाली भएको मन्त्रालयको जिम्मेवारी हाम्रो नेपाली पार्टी (हानेपा) का प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यलाई सुम्पिएका हुन्। मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा ९…